प्रहरी भान्सेको हत्या आरोपमा राष्ट्रिय अनुसन्धानका अधिकृत सहित ३ जना पक्राउ

पछिल्लाे समाचार

१४ पौष । सिमरा : बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत (इन्स्पेक्टर)सहित तीन जना पक्राउ परेका छन्। घटनामा अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको जनाउँदै प्रहरी उनीहरुलाई पक्राउ गरेको हो।बारा प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर तिनै जना अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १९ घर भएका पुरुषोत्तम कुमार दास त्यहीँ ठाउँ बस्ने इन्द्रजीत चौहान र महोत्तरी जिल्लाको जलेश्वर नपा ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई हाल सिमरा विमानस्थलमा कार्यरत रहेका अनुसन्धान अधिकृत श्रीकान्त गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकाले बताए । प्रहरी उपरीक्षक खडकाको अनुसार व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानि हत्या गरिएको थियो। जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ स्थितको सडकखण्डमा उनको शव कारमा बेवारिसे अवस्थामा फेला परेको थियो। बागमती प्रदेशको ०१-०२८-च-७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि उनी निस्किएका थिए, तर त्यसको भोलिपल्ट मृत भेटिएका थिए। इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए। गत ६ पुसमा जितपुरसिमरा उपमहानगरपालिका-१, सेन्डिगेट घर भएकाका प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको शव जितपुरसिमरा उपमहानगरपालिका-११, अमाडरस्थित पुलछेउमा निजी कारभित्र फेला परेको थियो।

a

spot_imgspot_img
spot_img

लोकप्रिय