भूमि समस्या समाधान आयोग बाराका अध्यक्ष घलेलाई जीतपुरसिमरा उपमहानगर द्वारा सम्मान

पछिल्लाे समाचार

०२ माघ।सिमरा : नेपाल सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगको बारा जिल्ला अध्यक्ष भरत घलेलाई जीतपुरसिमरा उपमहानगरपालिकाले स्वागत एवं सम्मान गरेको छ।बुधबार जीतपुरसिमरा उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर नगरप्रमुख राजन पौडेलको कार्यकक्षमा नव नियुक्त अध्यक्ष घलेलाई स्वागत एवं सम्मान गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले भूमि समस्या समाधान आयोगका अध्यक्ष भरत घलेलाई टीका र खदा लगाई स्वागत गर्नु भएको थियो ।नगरप्रमुख पौडेलले स्वागत तथा सम्मान कार्यक्रममलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका भित्रका भूमि संग सम्बन्धित समस्याहरु प्रत्येक चुनावमा एजेन्डा मात्र बन्ने तर समस्या समाधान नहुने गरेको बताउनु भयो ।भूमि समस्या समाधान बाराका  अध्यक्ष भरत घले २ कार्यकाल सम्म गबिस अध्यक्ष र वन संगको क्षेत्रमा रहेर काम गरेकोले यो आयोगले यस पटक भुमिहिनहरुको समस्या समाधान गर्नेमा आफू आशावादी रहेको नगरप्रमुख पौडेलले बताउनुभयो ।भूमि सम्बन्धि समस्या समाधानको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले भूमि समस्या आयोग संग हातेमालो गरि हिडने समेत उहाँले बताउनुभयो।

भरत घले जीतपुरसिमरा उपमहानगरपालिकाकै बासिन्दा भएकोले जीतपुरसिमरा उपमहानगरपालिका भित्रका भूमि सम्बन्धि समस्या चाडै समाधान हुनेमा जीतपुरसिमरा बासी र जनप्रतिनिधिहरु बिश्वसत रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले बताउनुभयो।अहिले बनेको आयोग इतिहासकै अन्तिम आयोग हुने भन्दै यसले गर्ने काम भूमि व्यवस्थापनको इतिहासमा कोशेढुंगा साबित हुने भूमि समस्या समाधान आयोग बाराका अध्यक्ष भरत घलेले बताउनुभयो। बारा जिल्लाका भुमिहिन सुकुम्बासीहरुले चाडै लालपुर्जा पाउने गरि आफू आफ्नो कार्यकालमा काम गर्ने अध्यक्ष घलेले बताउनुभयो ।

उहाँले सरकारले जतिसुकै विरोध सहेर पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने गरि काम गर्न अध्यक्षहरुलाई निर्देशन दिएको समेत बताउनुभयो । अहिले सम्म जीतपुरसिमरा उपमहानगरपालिकामा भूमि सम्बन्धि ६ हजार ८ सय ८५ वटा समस्या दर्ता भएको उपमहानगरले जनाएको छ।उक्त स्वागत तथा सम्मान कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि विभिन्न राजनितीक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय