१९ फाल्गुन,कलैया ः बारा प्रहरीले अफिम जस्तो पदार्थ सहित एक जनालाई नियनत्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैया बाट प्रहरी सहायक निरीक्षक अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरील टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ०१ पथलैया चौकमा धादिङबाट वीरगंज तर्फ जादै गरेको प्र ०३–०३–००१ प ५२७३ नम्बरको एफ जेड मोटरसाईकल रोकी चेकजाँच गर्दा निजले बोकेको कालो झोलामा लुकाई झिपाई लगि रहेको २ किलो ५ सय ग्राम अफिम जस्तो पदार्थ बरामद गरी चालकलाई नियनत्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अफिम सहित देखिने पदार्थ सहित बारा प्रहरीले मोटरसाईकल चालक धादिङ गजुरी न.पा.–४ बस्ने अं. बर्ष २६ को राजन चेपाङलाई पक्राउ गरेको छ ।पक्राउ परेका चेपाङ्ग माथि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।