१५ औं जीतपुरसिमरा गोल्डकप चैत्र २२ गते देखि हुने ,नगरप्रमुख पौडेलले उद्घाटन गर्ने 

पछिल्लाे समाचार

अखिलेश यादव । १९ चैत्र।सिमरा : पन्ध्रौं  संस्करणको जीतपुरसिमरा गोल्डकप  चैत २२ गतेदेखि हुने भएको छ । आयोजक नव जनजागृती युवा क्लबले मंगलबार सिमरा रंगशालामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।सिमरा रंगशालाको फ्लड लाइटमा  चैत्र २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा क्लब, रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर, सलहेश युवा क्लब सिरहा, हनामी वि.एफ.सी. भरतपुर तथा आयोजक नव जन जागृति युवा क्लब गरी कुल आठ टोलीहरूले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई १० लाख तथा उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव शम्भु सिंह ठकुरिले  बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कोटी प्राप्त गर्ने छन् । विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार तथा स्थानीय उदयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । रात्रिकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन  फुड फेस्टिभलसमेत सुरु गरेको आयोजकले यस वर्ष पनि होटल तथा पर्यटन व्यवसायी संघ बारासँगको सहकार्यमा फेस्टिभललाई निरन्तरता दिइने जनाएको छ ।यस वर्ष दर्शकहरुको मनोरञ्जनको लागि सागितिक कार्यक्रमको समेत आयोजना गरिने आयोजक संस्थाले जनाएको छ।ज्येष्ठ नागरिक र अपांगता भएका दर्शकका लागि आरक्षण सिटसहित निःशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

पन्ध्रौं संस्करणको जीतपुरसिमरा गोल्डकपको मुख्य सहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ ।१५ औं जीतपुरसिमरा गोल्डकपको उद्घाटन जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेलले गर्ने छ।पत्रकार सम्मेलनमा बोल्दै नव जन जागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताले खेलकुदको विकास र स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। महासचिव शम्भु सिंह ठकुरीले प्रतियोगिता अझ व्यवस्थित र भव्य बनाउन सम्पूर्ण तयारी पूरा गरिएको जानकारी गराउँदै खेलप्रेमी दर्शकहरूलाई प्रतियोगितालाई सफल बनाउन सहभागिता जनाउन आग्रह गरे।

यस प्रतिष्ठित प्रतियोगिताले सिमरा रंगशालालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। आयोजक संस्थाले यस प्रतियोगिताले खेलकुद प्रवर्द्धन गर्दै स्थानीय तथा राष्ट्रिय खेलाडीहरूलाई थप अवसर प्रदान गर्ने अपेक्षा गरेको छ।क्लबको आर्थिक अवस्था तथा ए डिभीजन क्लबहरुको वर्तमान अवस्थाका कारण सहभागि टिमको संख्या घटाईएको क्लबले जनाएको छ । यसअघिका संस्करणहरुमा कम्तिमा १० टिमको सहभागिता रहने गरेको थियो ।पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामचन्द्र लामा, उपाध्यक्ष राजदास श्रेष्ठ, शंकर थापा, महासचिव शम्भुसिंह ठकुरी सहित क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय