पत्रकारमाथिको आक्रमणविरुद्ध प्रेस सेन्टर नेपाल बाराले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । २८ बैशाख,कलैया : गौरवशाली पत्रकार संगठन प्रेस सेन्टर नेपाल बारा जिल्ला समितिले सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमाथि भइरहेका निरन्तर आक्रमण, दमन र हस्तक्षेपको विरोध गर्दै प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउन माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला समन्वय समिति बाराको समन्वयमा आयोजित कार्यक्रममा प्रेस सेन्टर नेपाल बारा अध्यक्ष रन्जन यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा हालैका दिनमा पत्रकारमाथि भएका आक्रमण, पत्रकार सुरेश रजकको निर्मम हत्या, सञ्चारगृहमाथि आक्रमण तथा सञ्चारकर्मीहरूको पेशागत असुरक्षाजस्ता घटनाले संविधान प्रदत्त प्रेस स्वतन्त्रता संकुचित बनाउँदै लगेको गम्भीर चिन्ता व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, श्रमजीवी पत्रकार ऐन २०५२ अन्तर्गतको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न, पत्रकार रजिष्ट्रारको कार्यालय स्थापना गर्न, आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न, तथा पत्रकार बीमा, स्वास्थ्य सेवा र सञ्चार सामग्री खरिदमा सहुलियत प्रदान गर्न माग गरिएको छ।त्यस्तै, लोककल्याणकारी विज्ञापनको बजेट वृद्धि गरी सबै सञ्चार माध्यममा समानुपातिक वितरण गरिनुपर्ने, केन्द्र तथा स्थानीय तहबाट वितरण हुने विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने, साथै महिला, दलित, आदिवासी, अल्पसंख्यक तथा सीमान्तकृत वर्गको सञ्चार क्षेत्रमा सहभागिता न्यूनतम ३३ प्रतिशत सुनिश्चित गर्नुपर्ने माग समेत ज्ञापनपत्रमा समावेश छ।

प्रेस सेन्टरले पत्रकार कृष्ण सेन ‘इच्छुक’सहितका सहिद पत्रकारका हत्यारालाई कानुनी दायरामा ल्याउन, राज्यबाट बेपत्ता पारिएका पत्रकारहरूको अवस्था सार्वजनिक गर्न तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने किसिमका प्रावधान हटाउन जोड दिएको छ।कार्यक्रममा प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रंजन यादव नेतृत्वमा केन्द्रिय सदस्य रामबाबु मेहता , जिल्ला उपाध्यक्ष प्रदीप गौतम, सचिव अखिलेश यादव, सहसचिव बिशाल श्राफ, कोषाध्यक्ष शर्मालाल बैठा सदस्य ,बिजेन्द्र चौधरी ,महेन्द्र सहनी लगायतको उपस्थिति रहेको थियो।

a

spot_imgspot_img
spot_img

लोकप्रिय