एमाले ११औं महाधिवेशनमा जीतपुरसिमरा उपमहानगरबाट ५ सय भन्दा बढीको सहभागिता हुने

पछिल्लाे समाचार

मंसिर २५ सिमरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा जीतपुरसिमरा उपमहानगरपालिकाबाट उल्लेख्य सहभागिता गराउने तयारी तीव्र बनेको छ। यस सम्बन्धमा नेकपा (एमाले) जीतपुरसिमरा नगर कमिटिको बैठक बिहिवार सम्पन्न भएको हो। नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक साहको अध्यक्षता तथा पार्टीका मधेश प्रदेश सचिवालय सदस्य सुन्दर विश्वकर्माको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन समारोह तथा काठमाडौँमा आयोजना हुने महाधिवेशनलाई भव्य र सफल बनाउन उपमहानगरका सबै २४ वटै वडाबाट व्यापक सहभागीता जुटाउने निर्णय गरेको छ।

बैठकपछि अध्यक्ष साहले उपमहानगरका २४ वटै वडाबाट करिब ५ सय भन्दा बढी नेता तथा कार्यकर्ताले महाधिवेशन उद्घाटन समारोहमा उपस्थित हुने जानकारी दिए। उनका अनुसार सहभागीता व्यापक बनाउने जिम्मेवारी प्रत्येक वडा कमिटीलाई दिइएको छ। प्रमुख अतिथि सुन्दर विश्वकर्माले पार्टीको राष्ट्रिय महाधिवेशन ऐतिहासिक हुने बताउँदै जीतपुरसिमरा उपमहानगरको सहभागिता उदाहरणीय बन्ने विश्वास व्यक्त गरे। कार्यक्रमको सहजीकरण नेकपा (एमाले) जीतपुरसिमरा नगर कमिटिका सचिव रविन्द्र राज भण्डारीले गरेका थिए।

ad

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय