नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाका ५०७ विद्यार्थीलाई पोशाक वितरण

पछिल्लाे समाचार

मंसिर २८ सिमरा : बारा, जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलियामा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आइतबार सम्पन्न कार्यक्रममा प्राथमिक तहकी शिक्षिका रिता चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कक्षा बालबालिकादेखि कक्षा ५ सम्मका ५०७ जना विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाबाट उपलब्ध गराइएको पोशाकका अतिरिक्त विद्यालयले आफ्नै स्रोतबाट टाइ र बेल्टसमेत विद्यार्थीहरूलाई वितरण गरेको हो। उपमहानगरपालिकाबाट प्राप्त पोशाक अपुग भएमा बाँकी विद्यार्थीहरूलाई विद्यालयको निजी स्रोतबाट पोशाक उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष दिपेन्द्र चौधरीले विद्यार्थीहरूको शैक्षिक विकासका लागि आधारभूत सुविधा आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यालय, अभिभावक र स्थानीय तहबीच सहकार्य भएमा शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताउनुभयो।यस अवसरमा प्रधानाध्यापक गौतमले विद्यालयले उपलब्ध गराएको पोशाक सफा र व्यवस्थित बनाएर मात्र विद्यार्थीलाई विद्यालय पठाउन अभिभावकहरूलाई आग्रह गर्नुभयो।कार्यक्रममा वडा सदस्यहरु इन्दल पासवान, बिमला देवी पासवान, ईश्वर चौधरी लगायत शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

ad

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय