सिन्धुलीमा थप ३ जनामा कोरोना संक्रमण

पछिल्लाे समाचार

सिन्धुलीमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जनाको कोरोना परिक्षण गर्दा ३ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार २ सय ३१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । पिसिआर परिक्षण गर्दा १ हजार ७ सय ४२ जना र एन्टिजेन परिक्षण गर्दा ४ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा ३ सय ९६ जना सक्रय संक्रमित रहेका छन् । यस्तै १ हजार ८ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय