जनकपुर बोल्ट्सको साथले जीतपुरसिमरा क्रिकेट कप झन् भव्य बन्ने

पछिल्लाे समाचार

सिमरा — जीतपुरसिमरामा तेस्रो संस्करणको क्रिकेट महोत्सव सुरु हुने भएको छ। जीतपुरसिमरा स्पोर्ट्स क्लबले मंगलबार सिमरामा पत्रकार सम्मेलन गर्दै चैत २१ गतेदेखि २८ गतेसम्म तेस्रो जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने जानकारी दिएको हो। प्रतियोगिता जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ स्थित सेज क्रिकेट मैदानमा सञ्चालन हुनेछ। आयोजकसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवन जिल्लाका टिमहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट ब्याटर र बलरलाई पनि १० हजार पुरस्कारको व्यवस्था गरिएको क्लबका उपाध्यक्ष समिन विष्टले बताए।यसपटक प्रतियोगिताले अझ ठूलो आयाम पाएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स ले प्रतियोगितालाई साथ दिएको छ। जर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै महेश सिग्देलले नेपालमा क्रिकेटको विकासले राष्ट्रिय सद्भाव र समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकार तयार भए सिमरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्नसमेत आफूहरू इच्छुक रहेको बताए। जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले पनि उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आवश्यक छलफल अगाडि बढाइने बताए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले प्रतियोगिताको सफलताका लागि ऐक्यबद्धता जनाएका थिए। मधेश प्रदेश क्रिकेट संघ र जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्ने आयोजक क्लबका अध्यक्ष सोमलाल बम्जनले जानकारी दिए। यस प्रतियोगिताले स्थानीय स्तरमै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको आयोजकको भनाइ छ। लामो समयदेखि सुस्त देखिएको क्रिकेट गतिविधिलाई पुनः चलायमान बनाउँदै नयाँ प्रतिभा खोज्ने र खेल संस्कृतिलाई बलियो बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। पत्रकार सम्मेलनको सहजीकरण सचिव सुशान्त शाहले गरेका थिए

ad

spot_imgspot_img
spot_img

लोकप्रिय