पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढ्यो

पछिल्लाे समाचार

२० चैत, काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लाग्दै गएको भन्दै निगमले नयाँ मूल्य समायोजन गरेको हो। सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल सबैमा समान १५ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ दरअनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १७२ रुपैयाँमा कारोबार हुनेछ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय