प्याब्सन बाराको ७ औं अधिवेशन सम्पन्न , कार्किको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पछिल्लाे समाचार

१३ पौष।सिमरा : बारा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाराको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।बाराको सिमरामा  अवस्थित होटेल समयकको सभाहलमा सम्पन्न ७ औं जिल्ला अधिवेशन बाट राजु कुमार कार्किको अध्यक्षतमाा सर्वसहमतिले ९ सदस्य कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रतिमा यादव, सचिवमा अमृतमान श्रेष्ठ ,कोषाध्यक्षमा तुलसी सग्रौला लगायत सदस्यहरुमा शम्भु मण्डल ,कबिता उप्रेती , सोम लामा ,अभिषेक राजन, चुमनबाबु केवत रहेको छ । आगामी ३ वर्षे कार्यकालका लागि ९ सदस्य कार्यसमिति चयन गरिएको छ ।प्याब्सन नेपाल बारा जिल्ला कार्यसमितिको ७ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका जीतपुरसिमरा उपमहानगरपालिका १६ का वडाध्यक्ष हरिदेव खरेलले प्याब्सनमा आबद्ध सबैले समयसँगै आफूलाई परिवर्तन गर्दै लानुपर्ने बताए ।यो एआईको जमाना हो, यो जमनामा हामीले पनि आफूलाई अद्यावधिक गर्दै जानुपर्छ, हाम्रा स्कुलहरूमा पढाएका विद्यार्थीहरूले च्याट जिपिटी चलाएर तपाईँहरूलाई प्रश्न र प्रति प्रश्न गर्छन् ।   हामीले पनि सोही अनुसार आफूलाई अपग्रेड गर्नुपर्छ,’ खरेलले भने ।

कार्यक्रममा सहभागी वक्ताहरूले राज्यले निजी विद्यालय प्रति गरेको विभेदको छिट्टै अन्त्य हुने बताए । निजी विद्यालयलाई सिध्याउने गरी बनेको शिक्षा विधेयक परिमार्जन भइसकेको भएता पनि अन्तिम रुप लिन अझै समय लाग्ने हुँदा सम्पूर्ण निजी विद्यालय सञ्चालकहरु चनाखो हुनु पर्नेमा वक्ताहरुले जोड दिए ।प्याब्सन नेपाल बाराको ७ औं जिल्ला अधिवेशन कार्यक्रम नेत्र प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन रन्जित सापकोटाले गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय