चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको आयव्यय सार्वजनिक 

पछिल्लाे समाचार

१४ पौष । सिमराः चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । सिमरा भेट्रान क्लबले सिमरास्थित क्लबको सचिवालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।गत असोज १ देखि असोज ५ गते सम्म आयोजना गरिएको प्रतियोगिताको आयोजकले ३ महिना पछि पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो ।

खर्च विवरण सार्वजनिक गर्नको लागि क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा सिमरा भेट्रान क्लबका सचिव हरि चौधरीले प्रतियोगितामा १५ लाख ६५ हजार रुपैयाँ खर्च भएको बताए । उनले एक हजार सात सय ५० रुपैयाँ बचत भएको पत्रकार सम्मेलनमा जानकारी गराए  । सचिव चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका, विभिन्न वडा कार्यालय र औद्यागिक प्रतिष्ठानबाट आउनुपर्ने सहयोग अझै प्राप्त नभएको बताए ।

उक्त सहयोग रकम प्राप्त भएमा क्लबले मुनाफा आर्जन गर्ने र त्यसलाई बचतका रुपमा राखिने चौधरीले बताए ।प्रतियोगिता संचालनका लागि विभिन्न दाताबाट १५ लाख ६६ हजार सात सय ५० रुपैयाँ सहयोग प्राप्त भएको थियो ।पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजकपुर राउट (बिजय) विनोद परियार, रमेश शर्मा, समिर आलेलगायतको उपस्थिती रहेको थियो । चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान कपको उपाधी आयोजकले उचालेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय