जनहित उपभोक्ता सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न ,पुनः अध्यक्षमा मैनाली चयन 

पछिल्लाे समाचार

१३ पौष।बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको जनहित उपभोक्ता सहकारी संस्थाको १५ औं  बार्षिक सधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाले आफनो १५ औं बार्षिक साधारण सभा एवं अधिवेशनआफनो कार्यालयको परिसरमा शनिवार सम्पन्न गरेको हो  ।संस्थाका अध्यक्ष अनिल मैनालीको अध्यक्षता एवं जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

जनहित उपभोक्ता सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा एवं अधिवेशन बाट पुनः अनिल मैनालिको अध्यक्षतामा १३ समिती नयाँ कार्यसमिति चयन गरिएको छ ।संस्थाको उपाध्यक्षमा सानु बर्तौला, सचिवमा देवबहादुर चौरेल ,सहसचिवमा नवराज रिमाल कोषाध्यक्ष सरस्वती बजगाई र सदस्य नारायण घिमिरे रहेको संस्थाले जनाएको छ।त्यस्तै ३ सदस्यीय लेखा समितीको संयोजकमा निरन्जना कुवर रहेको छ ।संस्थाका अध्यक्ष अनिल मैनालिले अध्यक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिवेदन संस्थाका लेखा संयोजक निरन्जना कुवरले प्रस्तुत गर्नुभएको थियो ।

संस्था स्थापना भएको १५ वर्ष पुरासँगै १५ औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।समूह न ४ का अध्यक्ष देवकुमारी सिजाल तथा सदस्यहरु ,बचतकर्ता  रिना मोक्तान , उपभोक्ता पसल तथा कृषि तर्फ  दिपक राई र दैनिक बचतकर्ता रुपा क्षेत्रीलाई संस्थाले सम्मन गरेको छ।त्यसैगरी जनहित उपभोक्ता सहकारी संस्थाले १५ औं वार्षिक साधारसभाको अवसरमा एसईइ परिक्षामा उत्कृष्ट नतिजा ल्याएका जनजागृती माबी सखुवाघाट बाट २०८० को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका  ओमकुमार कर्ण ,बारा एकेडेमी पिलुवा बाट उत्कृष्ट नतिजा ल्याएका ओस्तिका खरेल,नेरा माबी मौवादेवी डकाहा बाट उत्कृष्ट नतिजा ल्याउन सफल भएका निता आले मगरलाई संस्थाले सम्मान गरेको छ।

जनहित उपभोक्ता सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवं अधिवेशनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले जनहित उपभोक्ता सहकारी संस्थाले वास्तवमा यस क्षेत्रका जनताको हकहितमा काम गरेको अनुभुति भएको बताउनु भएको थियो । उँहाले शेयर सदस्यहरु एउटै सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फतनै गर्नुपर्नेमा जोड दिनुभयो ।

जनहित उपभोक्ता सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा बाट चयन भएका नयाँ कार्यसमितिलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा न १६ का वडाध्यक्ष हरिदेव खरेलले सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ।जनहित उपभोक्ता सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभामा राधेश्याम शिवाकोटी लगाएत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय