जनता मा.बि रजघट्टाले मनायो आफ्नो ३९ औं वार्षिकोत्सब एवं ४० औं अभिभावक दिवस

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।१७ पैष।सिमरा –   जनता माध्यमिक बिद्यालय तथा कृषि प्राबिधिक शिक्षालय रजघट्टाले बुधबार ३९ औँ विद्यालय वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस मनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १४ मा कृषि प्राविधिक शिक्षालय समेत संचालन गर्दै आएको यस विद्यालयले आफ्नै प्राङ्गणमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको हो । बिद्यालयले आफ्नो बार्षिकोत्सवको अवसर पारेर विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम हुने छात्र छात्राहरुलाई पुरस्कृत गर्नुका साथै विभिन्न क्षेत्रमा रहेर विद्यलायलाई सहयोग गर्ने सहयोगी हातहरुलाई सम्मान  गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपािलका वडा नम्बर १४ की वडा अध्यक्ष एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चयन गुरुङको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।   बार्षिक उत्सव तथा अविभावक दिवस कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले बिद्यालय भनेको पबित्र संस्था भएकोले पबित्र संस्थामा असल कुरामात्र सिक्नु सिकाउनुपर्ने बताउनुभएको छ । विद्यार्थीले बिद्याको मन्दिरमा पुगेपछि केहिन केहि नयाँ कुराको सिको गर्दै खोज र अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

राम्रो पठन शिपको लागी शिक्षाकहरुले आफुलाई समयानुकूल नयाँ प्रबिधि सँग जोडेर लैजान सकेमात्र विद्यार्थीहरुलाई सिकाई उपलब्धिमा अब्बल बनाउन सकिने बताउनुभयो ।नमूना विद्यालय बनाउन भौतिक पूर्वाधार विकास सँगै विद्यालयले विद्यार्थीको पढाई तथा सिकाईमा राम्रो नतिजा निकाल्नुपर्नेमा चौधरीले  जोड दिनुभयो। 

३९ औं  वार्षिकोत्सब लाई सम्बोधन गर्दै वडाध्यक्ष चयन गुरुङले सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा शिक्षक, विद्यार्थी, र अभिभावक लगाएत सबैको चासो महत्त्वपूर्ण हुने बताउनुभयो। शैक्षिक सुधारका लागि वडाले धेरै कदमहरु चालेको र शिक्षाका लागि आवश्यक पर्ने बजेट तथा वडा बाट गर्न पर्ने सहयोगमा कुनै कमि हुन नदिने जिकिर समेत उहाँले गर्नुभयो।त्यस्तै उहाँले बालबालिकालाई उनीहरुको रुचि अनुसार पठनपाठन सीप बिकास गर्ने वातावरण सिर्जना गर्न विद्यालय लागि परिरहेको  बताउनुभयो ।

कार्यक्रममा विद्यालयमा महत्त्वपूर्ण योगदान गर्नुहुने ब्याक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यालयले विभिन्न विधामा शिक्षक, विद्यार्थी, अभिभावकलाई समेत सम्मान गरेको छ। विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले विद्यालयको समग्र प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै घरमा अभिभावकले आफ्ना नानिबाबुहरु कस्तो पढ्दै छन् के गर्दै छन्, भनेर सोधपुछ गर्नुपर्ने बताउनुभएको छ ।जनता माध्यमिक विद्यालयले आफ्नो वार्षिकोत्सबको अवसर पारेर उत्कृष्ट विद्यार्थी सम्मान बाट कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने पारस दोर्जे र कृषि डिपलोमा तर्फ उत्कृष्ट नतिजा ल्याउने हरिओम यादवलाई सम्मान गरेको छ।

प्रत्येक वर्ष झै यश वर्ष पनि जीतपुरमा रहेको पण्डित कपडा पसलले जनता माध्यमिक विद्यालय रजघट्टा बारामा अध्यनरत रहेका दृष्टिबिहिन विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेको छ। शिक्षक अभिभावक संघका संयोजक रुद्र प्रसाद न्यौपानेले विद्यालयको तर्फ बाट स्वागत मन्तव्य राख्नु भएको थियो भने  कार्यक्रम संचालन शिक्षक बरुन गौतम र भवन खडकाले गर्नु भएको थियो । कार्यक्रममा उल्लेखनीय अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीले नृत्य गित प्रस्तुत गरि माहोललाई थप रमाइलो बनाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय