सार्वजनिक पोखरीको जग्गा ब्यक्तिको नाममा दर्ता,मालपोतमा भेटिएन जग्गाको फाईल

पछिल्लाे समाचार

१८ पौष ।कलैया : बारा जिल्लामा सार्वजनिक पोखरी एक ब्यक्तिले आफ्नो नाममा दर्ता गराएको खुलेको छ।जिल्लाको कलैया उपमहानगरपालिका २६ मा रहेको सार्वजनिक पोखरी एक ब्यक्तिले आफ्नो नाममा दर्ता गराएको खुलेको छ।बिहिवार कलैया उपमहानगरपालिका वडा न २६ को वडाध्यक्ष धर्मेन्द्र यादवले पत्रकार सम्मेलनको आयोजना गरेर सो कुरा बताएका हुन। बिगत लामो समय देखि एलानी रहेको साबिक महेशपुर गाबिसको वडा न १ को कित्ता नम्बर ७ को जग्गाको एक ब्यक्तिले आफ्नो नाममा दर्ता गराएको कुरा बाहिरिएको छ।

कलैया उपमहानगरपालिका वडा न २६ को दुलरिया  अहिरिनको नाममा कित्ता न ७ को १४ कठा १० धुर एलानी जग्गा दर्ता भएको वडाध्यक्ष धर्मेन्द्र यादवले पत्रकार सम्मेलननमा बताए ।वडा भित्र रहेको सार्वजनिक पोखरी नक्कली कागजात बनाई दुलरिया अहिरिनको नाममा दर्ता भएको वडाध्यक्ष यादवले बताए ।आफुहरु मालपोत कार्यालय बारामा सो जग्गा बारे बुझ्न पुग्दा मालपोत कार्यालयमा उक्त जग्गाको कुनै पनि फाईल नभेटेको समेत उनले बताए ।मालपोत कार्यालयको कर्मचारीको मिलोमतोमा सार्वजनिक पोखरी भएको जग्गा ब्यक्तिको नाममा दर्ता भएको वडाध्यक्ष यादवले आरोप लगाए ।

यता मालपोत कार्यालय कलैयाले जग्गा नाममा भएका दुलरिया अहिरिनलाई ७ दिन भित्र कार्यालयमा लिखित जवाफ सहित आफू संग भएको प्रमाण लिएर उपस्थित हुन पत्र नै पठाएको छ। मालपोत कार्यालय कलैयाले गा.वि.स. महेशपुर वडा न १ कि.न.७ ज.वि. ०-१४- १० को सरकारी सार्वजनीक पोखरी जग्गा कलैया उपमहानगर पालिका वडा न. २६ बस्ने दुलरीया अहिरीनको नाममा श्रेस्ता कायम देखी आएकोले उक्त सार्वजनीक जग्गा व्यक्ती विशेषको नाउँम के- कसरी कायम हुन गयो बदर गरी पाउँ भनी माग निवेदन परेकोले सो मुद्धाको छानविन प्रक्रिया कार्यावाहीयुक्त अवस्थामा रहेकोले अर्को आदेश नभए सम्म उक्त जग्गा कुनै पनी व्यहोराले हक हस्तानतरण नहुने गरी प्रस्तुत मुद्धाको रोहबाट रोक्का राखी सोको जानकारी यस फाटलाई उपलब्ध गारई दिनु हुन मिति २०८१।०९।१७ को आदेशा अनुसार अनुरोध सहित अर्को पत्र मठ फाटलाई लेखेको छ। 

बारा जिल्लामा बढी सार्वजनिक जग्गा रहेको हुनाले यहाँ भुमाफियाहरुले जलसाजी गरेर सार्वजनिक जग्गाहरु आफ्नो नाममा गराउने गरेको छ।भुमाफियाहरुको समुहले मालपोत कार्यालयलाई समेत आर्थिक प्रलोभन देखाएर नक्कली कागजात बनाउने गरेको छ। सरकारी सार्वजनिक जग्गा ब्यक्तिको नाममा कायम रहेको हुनाले उक्ति जग्गा बदर गरि पाउ बारे कलैया उपमहानगरपालिका वडा न २६ का श्यामबाबु यादवले जिल्ला अदालत बारा र भुमिसुधार तथा मालपोत कार्यालय कलैयामा निवेदन दर्ता गराएको वडाध्यक्ष यादवले पत्रकार सम्मेलनमा बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय