जीतपुरसिमराले माग्यो ठूलो संख्यामा नगर प्रहरी, २६ पदका लागि दर्खास्त आव्हान 

पछिल्लाे समाचार

१९ पौष । सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले दोश्रो पटक शुक्रवार नगर प्रहरीका लागि दरखास्त आव्हान गरेको छ । उपमहानगरपालिकाले एक नगर प्रहरी  निरीक्षक २ नगर प्रहरी सहायक निरिक्षक २२ नगर प्रहरी जवान र एक नगर प्रहरी हलुका सवारी चालक पदमा दरखास्त आव्हान गरेको हो ।उपमहानगरपालिकाको नगर प्रहरी ऐन २०७९ को दफा (१०) बमोजिम आवहान गरिएको दरखास्त अनुसार नगर प्रहरी निरीक्षक पदका लागि स्नातक तह वा सो सरह राखिएको छ भने नगर प्रहरी सहायक निरीक्षक पदका लागि न्युनतम शैक्षिक योग्यता प्रविणता वा सो सरह राखिएको छ ।

नगर प्रहरी निरिक्षकका लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको तर सुरक्षा निकायमा कार्यरत वा अवकाश प्राप्तको हकमा ४५ वर्ष ननाघेकोले आवेदन दिन सक्ने उपमहानगरले जारी गरेको दर्खास्त आव्हान सुचनामा उल्लेख गरिएको छ। सहायक नगर प्रहरी निरीक्षक पदमा १८ वर्ष पूरा भई २८ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ४३ वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन् ।

यसैगरी समावेशी प्रावधानसहित जवान पदमा २२ जना माग गरिएको छ भने नगर प्रहरी हलुका सवारी साधन चालकमा समेत १ जनाको माग गरिएको छ । जसअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले खुल्लामा १३, महिलामा तिन, आदिवासी तथा जनजातीमा तिन, मधेसीमा दुई र दलितमा एक गरी २६ पदका लागि आवेदन दिन सक्नेछन् । जवान पदमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ४१ वर्षसम्मका नागरिकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । श्रेणी नतोकिएको उक्त पदका लागि आवेदन दिन न्युनतम १० कक्षा वा सो सरह उतिर्ण योग्यता हुनुपर्ने भनिएको छ ।

प्रथम पटक जीतपुरसिमरा उपमहानगरपालिकाले २०८० फाल्गुन १४ गते एक नगर प्रहरी सहायक निरीक्षक सहित १३ जना प्रहरी जवानको लागि दर्खास्त आव्हान गरेको थियो ।नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति, सुरक्षा र सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले बताए ।सूचना अनुसार माघ ४ गतेसम्म इच्छुक नागरिकले आवेदन दिने सक्नेछन् ।नगर प्रहरी निरीक्षकको लागि १ हजार ,नगर प्रहरी सहायक निरिक्षकका लागि ७ सय ,नगर प्रहरी जवानको लागि ५ सय र नगर प्रहरी सवारी चालक पदका लागि ५ सय रुपैयाँ दर्खास्त बापत शुल्क राखिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जारी गरेको दर्खास्त आव्हान सुचनामा उल्लेख गरिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय