२२ पौष ।कलैया : बारा जिल्लाको कलैया उपमहानगरपालिकाको वडा न २६ मा रहेको पोखरी कलैया उपमहानगरले आफ्नो स्वामित्वमा ल्याएको छ।आईतवार कलैया उपमहानगरपालिकाको नगरप्रहरी सहित पुगेको टिमले उक्त पोखरी आफ्नो स्वामित्वमा ल्याएको हो ।बर्षौ देखि नक्कली कागजात खडा गरि भोग चल्न गर्दै आएको जग्गा ढिलो भए पनि उपमहानगरको प्रयासले आफ्नो स्वामित्वमा ल्याउन सफल भएको कलैया उपमहानगरपालिका वडा न २६ का वडाध्यक्ष धर्मेन्द्र यादवले बताए ।
मालपोत कार्यालय कलैयाको कर्मचारीको मिलोमतोमा नक्कली लालपुर्जा बनाई उक्त सार्वजनिक पोखरी एक ब्यक्तिले आफ्नो भएको दाबी गर्दै आईरहेको थियो ।साबिक गाबिस महेशपुर ०१ को ०७ नम्बर कित्ता भएको उक्त १४ कठा १० धुर क्षेत्रफल भएको पोखरी दुलरिया देवी अहिरिनिको नाममा लालपुर्जा भएको देखिए पनि ठोस कागजात नभए पछि कलैया उपमहानगरपालिकाले उक्त पोखरी आफ्नो स्वामित्वमा ल्याएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले बताए ।
कलैया उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा पोखरी ल्याएर उक्त पोखरीको ठेक्का लगाएर माछाको भुरा राखेको छ।नक्कली कागजात बनाएर यसरी सार्वजनिक जग्गा ब्यक्ति बिषेशले आफ्नो हो दाबी गर्नु कानुन बिपरित हो ।मालपोत कार्यालयका कर्मचारीहरुको चरम लापरबाहीको कारण भुमाफियहरु पुनः बारा जिल्लामा सकृय बन्दै गएको देखिएको छ।मालपोत कार्यालय बाट सार्वजनिक जग्गा नक्कली कागजात खडा गरि ब्यक्तिको नाममा ल्याए पछि मालपोत कार्यालय बाट उक्त जग्गाको फाईलनै गायब हुनुमा मालपोत कार्यालयकै कर्मचारीहरुको मिलोमतो हुने आशंका गरिएको छ।