चिसोको कारण करैयामाई गाउँपालिका भित्रका विद्यालय बन्द

पछिल्लाे समाचार

२३ पौष । सिमरा : चिसो बढेपछि बाराको करैयामाई गाउँपालिकाले  आजदेखि ३ दिनका लागि विद्यालय पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । करैयामाई गाउँपालिकाको निर्णय अनुसार ३ दिनका लागि शैक्षिक संस्था बन्द रहने भएको छ।चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि गाउँपालिकाले पठन पाठन बन्द गर्ने निर्णय गरेको करैयामाई गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

‘लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भयो भनेर शिक्षकहरूबाटै गुनासो आएकोले ३ दिनको लागि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो’ करैयामाई शिक्षा शाखा प्रमुख विद्यानन्द प्रसाद यादवले जनाएका छन् । करैयामाई गाउँपालिका शिक्षा शाखाले सुचना निकालेर पौष २४ गते देखि लिएर पौष २६ गते सम्म गाउँपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय र निजि विद्यालयमा बर्षे बिदा बाट कट्टा हुने गरि जाडो बिदा दिइएको छ।बारा लगाएत अहिले मधेशभरी नै चिसो बढेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय