२३ पौष ।सिमरा : चिसो बढेपछि जीतपुरसिमरा उपमहानगरले आजदेखि २ दिनका लागि विद्यालय पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरको शिक्षा युवा तथा खेलकुद शाखाले एक सुचना जारी गर्दै चिसोको कारण २ दिन विद्यालय बन्द रहने जानकारी गराएको छ। चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि उपमहानगरले पठन पाठन बन्द गर्ने निर्णय गरेको जीतपुर सिमरा उपमहानगर शिक्षा शाखाले जनाएको छ ।
लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भयो भनेर शिक्षकहरूबाटै गुनासो आएकोले ३ दिनको लागि नगरपालिका विद्यालय बन्द गर्ने निर्णय गरेको हो’ जीतपुर सिमरा शिक्षा शाखा प्रमुख हरिष भट्टले जनाएका छन् । मंगलबार देखि बढेको चिसोको कारण जीतपुरसिमरा उपमहानगरपालिकाले पौष २४ गते देखि लिएर २५ गते सम्म उपमहानगर भित्र रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालय बन्द रहने सुचना मार्फत जानकारी गराएको छ।
उक्त २ दिनको बिदा बर्षे बिदा बाट कट्टा हुने छ।जीतपुर सिमरामा ६१ वटा सामुदायिक र५१ वटा संस्थागत (निजी विद्यालय रहेका छन् । मंगलबार बाराका सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले समेत सुचना निकालेर बिदा दिइएको बारे जानकारी गराएको छ।