अमित ठाकुर।रौतहट।पौष २४। रौतहटको सदरमुकाम गौरमा दोस्रो पटक गौरी शंकर यादव प्रिमियर लिग (जिपीएल) शुरु हुने भएको छ । पौष १८ गते देखी शुरु हुने (जिपिएल) केही प्राविधिक गडबडीका कारण २४ गते अर्थात आजैबाट उद्घाटन म्याच खेल्ने भएको हो। सो क्रीकेट प्रतियोगितामा गौर नगरपालिकाका ९ वटै वडाका टिमको सहभागीता रहने छ ।गत बर्ष भएको (जिपिएल) म्याचको उपाधी गौर नगरपालिका वडा नंबर ४ का टिम बनेका थिए। यसपालि पुनः गौरीशंकर यादव प्रतिष्ठानले (जिपिएल) टि 20 नकआउट टुर्नामेन्टको आयोजना गरेका छन् र यो टुर्नामेन्ट हाम्रा नगरका युवा खेलाडीहरु प्रदेश तथा देशमा राम्रो खेलोस र छनौट होस् भन्ने चाहनाले (जिपिएल) सुरुवात गरेको गौर नगरपालिकाको युवा नेता मोहन यादवले बताएका छन्।
यसपालि (जिपिएल) सिजन दोस्रो मा गौर नगरपालिकाका ९ वटै टिम आईपिएल जस्तै बिक्री भएका छन्। भने नगरका ९ वटै टिममा रौतहट जिल्लाकै खेलाडीहरु मध्ये प्रत्येक टिमले ३/३ वटा खेलाडी खरिद गरेका युवा नेता यादवले बताएका छन्। नगरक्षेत्रमा रहेका क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसायी एवं गुणस्तरिय खेलाडी उत्पादनको लागी हाम्रो टिमले जीपीएलको शुरुवात गरेको युवा नेता यादवले बताए ।
प्रतियोगितामा सहभागी गौरका ९ वटै वडाका टिमको लोगो र जर्सि सार्वजनिक गरिएको छ ।जीपीएलमा सहभागी हुने हरेक टिमका ११ जना खेलाडीलाई म्याच पारिश्रमिक समेत उपलब्ध गराईने व्यवस्था गरिएको (जिपिएल) फाउन्डेसनका संयोजक गौतम श्रेष्ठले बताएका छन् । प्रतियोगितामा क्रिकेट एशोसियसन अफ नेपालबाट मान्यता प्राप्त एम्पायर तथा स्कोररलाई प्रयोग गरिने समेत उनले बताए । प्रतियोगिता अवधीभरीमा खेलाडीहरु अनुशासित रहन आग्रह गर्दै यदी कुनै खेलाडी खेलभावना विरुद्ध कुनैपनि कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने समेत स्पष्ट श्रेष्ठले बताए ।
प्रतियोगिताका प्रत्येक म्यान अफ दि म्याच खेलाडीलाई नगद १ हजार १ सय नगद पुरस्कारको व्यवस्थापन गरिएको छ । क्यानको नीयमकानुनलाई अंगिकार गर्दै गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) संचालनको आवश्यक सबै तयारीहरु पूरा भई आज उद्घाटन म्याच खेल्ने फाउण्डेशनका अध्यक्ष मोहन यादवले बताए । गौर नगरपालिकामा रहेका ९ वटा वडाका टिमहरु समावेश भएको र ११ दिन सम्म जीपीएल अन्तर्गत १९ वटा म्याच हुने प्रतिष्ठानका अध्यक्ष मोहन यादवले जानकारी दिए ।