खाद्य कम्पनी बिरगञ्जले बारा र पर्साका किसानसँग किन्यो २२ सय ७२ क्विन्टल धान

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । ०७ माघ । बारा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिरगञ्जले यसवर्ष बारा र पर्साका किसानसँग २२ सय ७२ क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले एक महिना १७ दिनको अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । मङ्सिर २० गतेबाट किसानका धान खरिद गर्न लागेको बिरगञ्ज कार्यालयले माघ ७ गतेसम्म एक महिना १७ दिनको समय अवधिमा २२ सय ७० क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख पंकज कुमार झाले बताए ।

उनले भने,“मङ्सिर २० गते बाट हामीले धान खरिद गर्न सुरु गरेका थियौं र अहिले न्यून मात्रामा किसानहरु धान बिक्रि गर्न आईरहेका छन् । ”“हामीले लक्ष्य लिएअनुसार कुनै पनि धानको कोटा पूरा गर्न सकेनौँ,उनले भने । २ बर्ष बाट धान खरिद गर्न नपाएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिरगञ्जले यस बर्ष देखि धान खरिद गर्न लागेको बिरगञ्ज कार्यालयले यसवर्ष ४२ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर लक्ष्य अनुसार यस बर्ष पनि धान खरिद गर्न नसकिएको कार्यालय प्रमुख झाले बताए ।

सोना मन्सुली धानको मुल्य नेपाल सरकारले तोकेको समर्थन मुल्य अनुसार ३५ सय ८० रुपैयाँ ६२ पैसामा धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिरगञ्ज शाखाले जनाएको छ । सोना मन्सुली धान ३५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेको थियो भने जम्मा २२ सय क्विन्टल सोना मन्सुली धान खरिद गरिएको कार्यालय प्रमुख पंकज कुमार झाले बताए । यस बर्ष जिरा मसिनो धान बिक्रि गर्न किसानहरु नआएको समेत उनले बताए । बारा र पर्सा जिल्ला गरेर जम्मा ४९ जना किसानले धान बिक्रि गर्न आएको कार्यालयले जनाएको छ ।नगद रुपमा पैसा चाहेकाहरुले मात्र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिरगंज शाखा कार्यालयमा धान बेच्न आएको कार्यालयका बरिष्ठ सहायक समिर दाहालले बताए ।

किसानले अहिले पनि धान बेच्न चाहेमा कार्यालय धान खरिद गर्न तयार रहेको समेत उनले बताए । बारा र पर्सा जिल्लाका कुनै पनि सहकारी संस्थाले धान खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिरगंज शाखा कार्यालयमा नल्याएको कार्यालयले जनाएको छ । कम्पनीका बरिष्ठ सहायक समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । यो वर्ष बजारमूल्यभन्दा समर्थन मूल्य केही बढी भएकाले किसानले कम्पनीलाई धान बेच्ने अपेक्षा गरिए पनि अपेक्षा अनुसार किसानहरु धान बेच्न नआएको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय