मधेसका वन मन्त्री चौधरीलाई जीतपुरसिमरा–५ मा स्वागत, युवालाई नेतृत्व दिन आग्रह

पछिल्लाे समाचार

पुष २० सिमरा ः मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीलाई आइतबार जीतपुरसिमरा उपमहानगरपालिका–५ मा भव्य स्वागत गरिएको छ। वडा नं. ५ को वडा कार्यालय परिवारद्वारा आयोजित कार्यक्रममा मन्त्री चौधरीलाई गम्छा ओढाएर स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष दीपेन्द्र चौधरीसहित जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो। स्वागत कार्यक्रममा बोल्दै वडा अध्यक्ष दीपेन्द्र चौधरीले मन्त्री चौधरीले मधेस प्रदेशमा वन, वातावरण तथा विकासका क्षेत्रमा सकारात्मक पहल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर काम गर्न अपेक्षा व्यक्त गरे ।

यसै अवसरमा थारु कल्याणकारी सभा जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष राजेन्द्र चौधरीले मन्त्री चौधरीलाई माघ ९ र १० गते बारा जिल्लाको डुमरवाना क्षेत्रमा आयोजना हुने माघी महोत्सवमा प्रमुख अतिथिको रूपमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेका छन्। त्यसपछि मन्त्री चौधरीले नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए। भेटघाटका क्रममा उनले देशमा बढ्दै गएको भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनमा केही घुसपैठका कारण आन्दोलन हिंसात्मक बन्न पुगेको बताए। उनले अब सबै राजनीतिक दलले युवालाई प्राथमिकतामा राखेर उम्मेदवार सिफारिस गर्नुपर्नेमा जोड दिए।

मन्त्री चौधरीले ६०–६५ वर्षसम्म राजनीति गरिसकेकाहरूले अब युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उल्लेख गर्दै बारा जिल्लामा नेपाली काङ्ग्रेस कमजोर अवस्थामा रहेकाले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई मजबुत बनाउने गरी संगठन सुदृढ गर्न नेता–कार्यकर्तालाई आग्रह गरे। स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा वडा सदस्य दय इन्दल पासवान, इश्वर चौधरीसहित वडा कार्यालयका कर्मचारी तथा नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय