ललितपुरमा फोन विवादले लियो ज्यान: पाटनमा दाजुभाइको हत्या

पछिल्लाे समाचार

२५ चैत : ललितपुरको पाटनस्थित कृष्ण मन्दिर आसपास छुरा प्रहारबाट दुई दाजुभाइको ज्यान गएको छ। पाँचथर स्थायी घर भई हाल इमाडोल बस्दै आएका ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङ मृत भेटिएका हुन्। प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा सञ्जीव नेपालीलाई नियन्त्रणमा लिइएको छ। उनीसँगै अर्का एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्दा नम्बर झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो। सुरुमा सामान्य संवाद भए पनि पछि विवाद चर्किएको बताइएको छ। त्यसपछि सञ्जीवले उनीहरूलाई पाटन बोलाएको र भेट हुनेबित्तिकै धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय