सीमाबासीका लागि सशस्त्र प्रहरीद्वारा १५ दिने केश कर्तक तालिम सञ्चालन

पछिल्लाे समाचार


बारा, ११ जेठ । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराले सीमावर्ती क्षेत्रका नागरिकलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले १५ दिने केश कर्तक (कपाल काट्ने) तालिम सञ्चालन गरेको छ।।“सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. १० को समन्वयमा आयोजना गरिएको उक्त तालिमको समुद्घाटन आइतबार एफ.ओ.बी. निलकण्ठवा, मटिअर्वामा गरिएको हो।

तालिमको उद्घाटन सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिल्वालले गर्नुभएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विक्रममणि अधिकारीले जानकारी दिनुभयो।।उहाँका अनुसार सीमावर्ती क्षेत्रमा बसोबास गर्ने युवालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमबाट सहभागीहरूले व्यावहारिक सीप हासिल गरी आयआर्जनमा जोडिन सक्ने विश्वास गरिएको छ।

कार्यक्रममा कलैया उपमहानगरपालिका–१० का जनप्रतिनिधि, सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष अधिकारी, मातहतका बीओपी तथा एफओबी कमाण्डर, २० जना प्रशिक्षार्थी तथा स्थानीय बासिन्दासहित करिब ३० देखि ३५ जनाको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय