सूर्य नेपालद्वारा नेरा मावि पथलैयालाई दुई थान स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण

पछिल्लाे समाचार

असार २२ सिमरा : सूर्य नेपाल प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पथलैयालाई दुई थान डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच सूर्य नेपाल प्रालिका प्रतिनिधि यज्ञबहादुर आले मगरले वडा नम्बर १ का वडाध्यक्ष हिरा बहादुर गुरुङलाई स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेका हुन्। उक्त बोर्ड विद्यालयमा अध्ययन–अध्यापनलाई प्रविधिमैत्री, प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा बोल्दै सूर्य नेपाल प्रालिका प्रतिनिधि यज्ञबहादुर आले मगरले शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत स्मार्ट बोर्ड उपलब्ध गराइएको बताए। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा समुदायको समग्र विकासका लागि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने उनले उल्लेख गरे।

वडा नम्बर १ का वडाध्यक्ष हिरा बहादुर गुरुङले सूर्य नेपाल प्रालिले विद्यालयलाई उपलब्ध गराएको सहयोगको प्रशंसा गर्दै यसले विद्यार्थीलाई आधुनिक प्रविधिमार्फत अध्ययन गर्ने अवसर प्रदान गर्ने बताए। उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा निजी क्षेत्रको यस्तो सहकार्य उदाहरणीय रहेको उल्लेख गर्दै सहयोगका लागि सूर्य नेपाल प्रालिप्रति धन्यवाद व्यक्त गरे। यसअघि पनि सूर्य नेपाल प्रालिले गत वर्ष नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरा तथा जनता माध्यमिक विद्यालय, रजघट्टालाई स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेको थियो। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय