बारामा दाउ प्रहारबाट एक जना घाइते, आरोपित पक्राउ

पछिल्लाे समाचार

असार २२ सिमरा । बाराको निजगढ नगरपालिका–१ गोरु बजार क्षेत्रमा दुई जनाबीच भएको विवादमा दाउ प्रहार हुँदा एक जना घाइते भएका छन्। सोमबार बिहान करिब ११ः५० बजे स्थानीय धनबहादुर घिमिरे र मानबहादुर योन्जनबीच भएको झैँझगडाका क्रममा घिमिरेले दाउ प्रहार गरेको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका योन्जनको टाउको र घाँटीमा चोट लागेको छ।

उहाँको निजगढस्थित मध्यम सिटी अस्पतालमा उपचार भइरहेको छ।घटनामा संलग्न धनबहादुर घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय