२१ औं जन्मदिनमा २१ पर्दा र खोल

पछिल्लाे समाचार

हेटौंडा–सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई हेटौंडा–२, मानसचोक घर भएर हाल अमेरिकामा रहेका जनार्जन कँडेल र गीता कँडेलले छोरा गन्तव्य कँडेलको २१ औं जन्मदिनमा सहयोग गरेका छन् ।

उनीहरुले करिब ३० हजार रुपियाँ बराबरको २१ सेट पर्दा र २० सेट सिरानीको खोल सहयोगस्वरुप उपलब्ध गराएका हुन् । मामाघर नेपालको स्थापनादेखि नै आर्थिक, भौतिक र नैतिक सहयोग गरी सडक बालबालिकामुक्त समाज निर्माण अभियानमा हातेमालो गरिरहेका कँडेल परिवारप्रति मामाघरले धन्यबाद दिएको छ । सहयोग गर्ने कँडेल परिवार र सहयोग मामाघरसम्म पु¥याउन समन्वय गर्ने हेटौंडाका बासु मैनालीप्रति धन्यबाद व्यक्त गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय