४३२ किलोमिटर सडक स्तरोन्नति

पछिल्लाे समाचार

हेटौंडा–बागमती प्रदेश सरकारले असार मसान्तसम्म कच्ची रहेका ४ सय ३२ दशमलव ६५ किलोमिटर सडकलाई पक्कीमा स्तरोन्नति गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् यातायात पूर्वाधार निर्देशनालय हेटौंडा र मातहत कार्यालयसमेतले आर्थिक वर्ष २०७६–०७७ र आर्थिक वर्ष २०७७–०७८ मा सडकलाई पक्कीका रुपमा स्तरोन्नति गरेको हो ।

प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालयहरु ८ वटा गरी ९ कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा एक सय ५२ दशमलव ७५ किमी सडकमा कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७७–०७८ मा एक सय ९९ किलोमिटर सडक कालोपत्र गरिएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए ।

कार्यालयहरुले आर्थिक वर्ष २०७६–०७७ मा ४० दशमलव ५५ किलोमिटर सडकमा स्ल्याब ढलान गरेका छन् । आर्थिक वर्ष २०७७–०७८ मा भने ४० दशमलव ३५ किलोमिटर सडकमा ढलान गरिएको ओझाले बताए ।

विकासको मुल आधार मानेर सडक निर्माणमा जोड दिइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाालले बताए । सडक ढलान गर्दा स्थानीय जनशक्ति प्रयोग गरेर काम गरिएको उनले बताए । बागमती प्रदेश यातायात गुरुयोजना बनाएर काम सुरु गरिएको उनले बताए । हरित बागमती प्रदेशको मुल अवधारणासाथ काम सुरु गरिएको र विद्युतीय सवारीसाधनलाई भिँयाउन लागिपरेको उनले बताए ।

“सौन्दर्यीकरणसहित विकासमा जोड दिएका छौं । ५० वटा पुल निर्माण गरिसकेका छौं । एक सय वटा पुल निर्माण गर्ने तयारीमा छौं,” मन्त्री फुयाालले भने–एक सय वटा रणनीतिक सडक निर्माण सक्ने लक्ष्यसाथ काम अगाडि बढाएका छौं । मन्त्रालयमातहत कार्यालयहरु पनि निर्माण गरिरहेको उनले जनाए । सबै योजना उद्घाटनको चरणमा रहेको उनले जानकारी दिए । कबमबप

spot_imgspot_img
spot_img

लोकप्रिय