जीतपुरसिमरा उपमहानगर द्वारा बिद्यालय बिहान खोल्न निर्देशन

पछिल्लाे समाचार

२७ जेठ,जीतपुर: तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएको छ ।गर्मीका कारण बन्द भएका विद्यालय बिहानी सत्रमा खोल्न जीतपुरसिमरा उपमहानगरापालिकाले सूचना जारी गरेका हुन् ।

“बर्खे बिदामा मिलान हुने गरी जेठ १८ देखि जेठ २६ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गरिएको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसादले भने, “जेठ २८ गतेदेखि विकल्प खोज्दै बिहानी सत्रमा विद्यालय खोल्न नगरकार्यपालिकाबाट निर्देशन आएकाले सोहीअनुसार गर्न सूचना जारी गरिएको हो ।”

आइतबारदेखि बिहानी सत्रमा सञ्चालन गर्ने विद्यालयले पनि गर्मी कम भएपछि दिवा सत्रमा कक्षा सञ्चालन गर्नेगरी पठनपाठन गराउन उनले आग्रह गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका भित्र संचालनमा रहेका सम्पूर्ण बिद्यालय अर्को सुचना न जारि भए सम्म जेठ २८ गते देखि बिहान ६ बजे देखि बिहान ९ बजेर ३० मिनेट सम्म संचालन हुने शिक्षा तथा युवा खेलकुद शाखाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय