वडा अध्यक्ष कार्कीको सक्रियतामा क्लबलाई जग्गा प्राप्त,क्लबको पुरानो १० लाख रकम फिर्ता

पछिल्लाे समाचार

२७ जेठ,जीतपुर : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीको सक्रियतामा वडा न ३ मै रहेको नयाँ शुभ प्राप्त युवा क्लबलाई एक जना स्थानीयले ७ धुर जग्गा दाङ गरेको छ ।बर्षौ देखि अलपत्र अवस्थामा रहेका नयाँ शुभ प्राप्त युवा क्लबलाई करिब १४ लाख मुल्य पर्ने ७ धुर जग्गा धन्सुन्दर राउतले कल्बलाई वडा अध्यक्ष कार्कीको पहलमा उपलब्ध गराएको छ ।

निर्वाचित भए देखि वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले आफ्नो वडामा स्वास्थ्य शिविर,गर्भवती महिलालाई अण्डा बितरण, किसानलाई बिउँ बितरण लगाएतका कार्य गरेर वडा बासीलाई हर्षित पारेका छन् ।वडा अध्यक्ष कार्कीले नयाँ शुभ प्राप्त युवा क्लबलाई वडा बाट दुई लाख पचास हजार रुपैयाँ समेत सहयोग गरेको छ ।नयाँ शुभ प्राप्त युवा क्लबको नाममा १० बर्ष देखि बिवारिसे अवस्थामा रहेका १० लाख रुपैयाँ वडा अध्यक्ष तारा बहादुर कार्की र स्थानीय युवाहरुको सहयोगमा पुनः १० लाख रुपैयाँ क्लबको नाम फिर्ता भएको छ ।क्लबको खातामा रहेको ११ लाख ५० हजार रकम बाट क्लबको भवन मर्मत र सामाजिक प्रयोजनको लागि नयाँ शुभ प्राप्त युवा क्लबको नयाँ हवल निर्माण गरिएको क्लबका अध्यक्ष गणेश थपलियाले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय