मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु

पछिल्लाे समाचार

३२ जेठ,काठमाडौँ– मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।बकैया गाउँपालिका-८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हेटौंडा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पूर्णबहादुर लो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नांगो तारलाई पोल गाडेर उठाउन खाडल खन्ने क्रममा खन्तीले तारलाई छुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय