करेन्ट लागेर बारामा एक जना कामदारको मृत्यु

पछिल्लाे समाचार

३२ जेठ,बारा : बाराको देवताल गाउँपालिका ४ पिप्राढीमा बिद्यालय भवन निर्माणमा काम गर्ने एक जना कामदारको बुधवार मृत्यु भएको छ ।करेन्ट लाग्दा बाराको देवताल गाउँपालिका ४ पिप्रादीका अन्दाजी २५ बर्षिय सुनिल रामको मृत्यु भएको छ ।उनि पिप्रादीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा निर्माणाधीन कामदार हुन् ।

ताज कन्सट्रक्सन बिरगंज, पर्साले ठेक्का कबुल गरि आयाेजना संचालन गरिरहेकाे क्रममा रामले भाईब्रेसन यन्त्र चलाउने क्रममा तार सरटेज भई करेन्ट लागेको बारा प्रहरीले जनाएको छ ।ताज कन्सट्रक्सन कम्पनीकाे लापरवाहीकाे कारण साे घटना भएकाे मृतकका बुवा धवल रामले बताएका छन् काममा रहेका कुनै पनि कर्मचारीलाई सुरक्षाका सामाग्री कम्पनीले दिएका छैन । घटना बारे ठप्प अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय