तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु

पछिल्लाे समाचार

०९ भदौं,एजेन्सी: भारतको तमिलनाडुको मदुरै रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।

यी तीर्थयात्रीहरू शनिवार बिहान मदुरै पुगेका थिए । उनीहरुले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए । यो रेल मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर टाढा थियो ।एक प्रत्यक्षदर्शीले बीबीसीको तमिल सेवालाई केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको बताए ।अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय