रौतहटको बागमती नदीमा एक अज्ञात महिलाको शव फेला

पछिल्लाे समाचार

०९ भदौं,रौतहट । रौतहटको बागमती नदीमा शुक्रबार एक अज्ञात महिलाको शव फेला परेको छ । गढिमाइ नगरपालिका वडा नम्बर १ स्थित बागमती खोलामा पूर्ण नग्न अवस्थामा अन्दाजी ५०–५५ वर्षको महिलाको शव पानीमा डुबिहरहेको अवस्थामा फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार मंगोलियन अनुहार भएकी ती महिलाको शव बागमती पुल नजिकैको झाडीमा पानीमा डुबिरहेको अवस्थामा फेला परेको हो ।महिलाको हालसम्म कुनै पहिचान खुल्न नसकेको हाल शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

‘नुहाउने वा दाउरा खोज्न नदी किनारमा जाने क्रममा बगाएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान हामीले गरेका छौं ’ यादवले भने, ।प्रहरीले शवको पहिचानको लागि सूचना समेत जारि गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय