दुधौरा खोलाबाट अबैध रुपमा बालुवा उत्खनन गरिरहेको ४ वटा ट्र्याक्टर प्रहरीको नियन्त्रणमा

पछिल्लाे समाचार

०४ असोज, बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित दुधौरा खोलामा दिनमै नदीबाट अवैध वालुवा उत्खनन गरिएको पाईएको छ ।बारा प्रहरीले अवैध रूपमा बालुवा उत्खनन गर्ने चारवटा ट्र्याक्टर बुधबार साँझ नियन्त्रणमा लिएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१४ स्थित दुधौरा खोलाबाट दिनमै अबैध रुपमा बालुवा उत्खनन गरिरहेको ४ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

खोलामा बालुवा लोड गरिरहेको अवस्थामा प्रहरीले ना.६.त.४७६६, ना.७.त.१७२३, ना ७ त ३९१८ र ना ४ त ५७५९ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको डिएसपी दधिराम न्यौपानेले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिइएको ट्र्याक्टरलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय, निजगढमा राखिएको छ ।पछिल्लो क्रममा बारामा अबैध रुपमा बालुवा उत्खनन गरिरहेको पाए पनि स्थानीय तहहरुले खासै केहि पहल गर्न नसकेको स्थानीयहरुले आरोप समेत लगाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय