स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुग्यो

पछिल्लाे समाचार

१५ असोज, म्याड्रिड– स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ला फोन्डा भनेर चिनिने फोन्डा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलिएको थियो ।


स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । प्रहरीका अनुसार मृत्यु भएका सबै ला फोन्डाका छन् । घटनामा १४ जना बेपत्ता भएको बताइएको छ । जसका कारण मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । आगलागी भएको क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ । राष्ट्रिय प्रहरीका डिएगो सेरलले आगलागी पछि क्लबको छत भत्किएको थियो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय