अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा रिहा

पछिल्लाे समाचार

१५ असोज, काठमाण्डाै – अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा रिहा गरिएकाे छ । उनलाई खाेजेकाे समयमा हाजिर हुने गरी हिजाे रिहा गरिएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताउनु भएकाे हाे ।

अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था र उनी भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मामा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार जमानीमा छाडिएकाे ढुङ्गेलले बताउनु भयाे।

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । काठमाण्डाै जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि त्यही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय