पौने २ बिगाहा खेतको धानमा अज्ञात समूहले लगाइदियो आगो, लाखौंको क्षति

पछिल्लाे समाचार

२४ गते ।मंसिर रौतहट : रौतहटको पश्चिम भेग फतुवा विजयपुर नगरपालिकाको वडा न २ सितलपुरमा पौने २ बिगाहा क्षेत्रफलको खेतमा फलेको धानमा अज्ञात समूहले आगो लगाई दिएको छ । स्थानिय किसान लक्ष्मी नारायण यादवको खेतको धान काटेर दाइँ गर्न खेतमै  राखिएको धानको भारिमा शनिवार राती ९ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट धान पूर्णरुपमा जलेको छ । सो घटनामा २ लाख ६० हजार बराबरको क्षति भएको पीडित किसान लक्ष्मी नारायण यादवले बताएका छन् । घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा अज्ञात समूहले आगजनी गरे पछि किसान लक्ष्मी नारायण यादवको परिवार दुखित भएको छ ।योजनाबद्ध तरिकाले केही अराजक ब्यक्तिको समूहले पेट्रोल प्रयोग गरेर धानमा आगो लगाएको स्थानियहरुले बताएको छ।

दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ । घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।यो भन्दा पहिला पनि सितलपुरमा एक जना किसानले लगाएको करिब २ बिगाहा खेतको धानमा आगो लगाएर नष्ट गरेको थियो।सितलपुर गाउँमा किसानको धानमा आगो लगाउने समूह सकृय बन्दै गए पनि प्रहरीले अहिले सम्म दोषीलाई कारवाहिको दायरामा ल्याउन सकेको छैन।

spot_imgspot_img
spot_img

लोकप्रिय