नगर उपप्रमुख अधिकारि द्वारा ४ कोठे बिद्यालय भवनको शिलान्याश

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।मंसिर २४ गते बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका –७ जीतपुरस्थित फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा ठप्प पक्की भवन निर्माण हुनेभएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयको आर्थिक सहयोगमा ४ कोठे पक्की भवन निर्माण हुने भएको हो ।

सो विद्यालयमा निर्माण हुने पक्की भवनको आइतबार जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले शिलान्यास गर्नुभयो । उपमहानगरपालिका नगर उपप्रमुख अधिकारि द्वारा पक्की भवनको शिलान्यास भएसँगै अब छिटै निर्माण कार्य सुरु हुने विद्यालयले जनाएको छ । विद्यालयको ४ कोठे पक्की भवन कुल ४० लाख रुपियाँको लागतमा निर्माण हुन लागेको हो ।

फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा बिद्यार्थीको संख्या बढी भएको र कक्षा कोठाको अभाव भएको खबर पाए लगतै आफुले नगरसभामै नै बजेट बिनियोजन गरेर बिद्यालयको लागि बजेट छुट्याएको नगरउपप्रमुख भोला प्रसाद अधिकारीले बताउनु भयो ।यता जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडा अध्यक्ष एवं बिद्यालयको व्यवस्थापन समितिको अध्यक्ष सुनिल कुमार गुप्ताले बिद्यालयमा भवन निर्माण हुने भए पछि अब कक्षा कोठाको अभावको समस्या समाधान हुने बताउनु भयो ।उक्त ४ कोठे भवन शिलान्याश कार्यक्रमा बिद्यालयका प्रधानध्यापक राजु सिंह,नगर उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता,समाजसेवी शिवजी साह लगाएत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय