मन्त्रि सिंह द्वारा बाराको कलैयामा यातायात व्यवस्था कार्यालयको उद्घाटन सम्पन्न

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।मङ्सिर २५ गते । बारा : बाराको सदरमुकाम कलैयामा यातायात व्यवस्था कार्यालयको उद्घाटन गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम बिच मधेश प्रदेशका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री चन्दन कुमार सिंहले यातायात व्यवस्था कार्यालयको उद्घाटन गरेका हुन । जिल्लाको कलैया उपमहानगरपालिकाको वडा न ३ गङ्गापुरमा स्थापित यातायात व्यवस्था कार्यालयको, समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेको मन्त्री सिंहले कार्यालयमा राखिएको शिलालेख अनावरण र मुल ढोकाको रिबन काटेर कार्यालयको विधिवत रुपमा उद्घाटन गरेका हुन ।

सो क्रममा मन्त्री सिंहले आगामी दिनमा यस सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरणको समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरे। उनले यस सेवा कार्यालयलाई व्यस्थित गर्न आवश्यक जनशक्ति, स्रोतसाधनको व्यवस्थापन गरि छिटोछरितो सेवा प्रवाह गराउने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै यातायात ब्यवस्था कार्यालय कलैयाका प्रमुख मोहमद नवाज हुसेनले यातायात व्यवस्था कार्यालय खुले संगै अब जिल्लाबाट सेवाग्राहीहरुले छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरेको थियो ।

यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राहीहरु धेरै समस्या पर्ने गरेको उनले बताए । यातायात व्यवस्था कार्यालय कलैयामा स्थापना भए पछि अब सेवा लिन बिरगंज ,हेटौंडा जानु पर्ने बाध्यता समेत हटेको उनले बताए । यातायात व्यवस्थापन कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहले ट्रायल सेन्टर निर्माणको लागि उपमहानगरले ३ बिगाहा देखि ६ बिगाहा सम्म जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।उक्त उद्घाटन कार्यक्रमा प्रमुख जिल्ला अधिकारि नवराज सापकोटा, प्रहरी नायब उपरीक्षक दधिराम न्युपाने,जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव लगाएत स्थानियाहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय