बारा बाट लागुऔषध चरेस र गाँजा सहित २ जना पक्राउ

पछिल्लाे समाचार

२६ मङ्सिर, बारा : बारा प्रहरीले लागुऔषध चरेस र गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेक पोष्ट बाट बा. १४ च ३७०८ नं.को मारूती सुजुकी कार चेक जाँच नगराई फरार रहेको भनि सूचना प्राप्त भए पछि चेंक जांच गर्ने क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २२ चुरिमाई स्थित जंगलमा गाडी लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चेंक जांचको क्रममा सो गाडी बाट २६ किलो ८०० ग्राम अबैध लागु औषध चरेश/गांजा बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्युपानेले बताए । पक्राउ पर्नेमा कार चालक भरतपुर महानगरपालिका व . डा नं. २७ बस्ने बर्ष ४२ को रोशन बहादुर दमई
र कारमा सवार जिल्ला चितवन माडी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ५२ को देव नारायण महतो रहेको प्रहरीले जनाएको छ । सवारी सहित दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय