बाराको जीतपुर बाट एकै रात २ वटा पसलमा चोरी,कयौंमा तोडफोडको प्रयास

पछिल्लाे समाचार

२७ मङ्सिर ।अखिलेश कुमार यादव ।बारा : मंगलबार राति बाराको जीतपुरमा दुई वटा पसलमा चोरी भएको छ ।जीतपुरस्थित उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलबाट चोरी भएको हो ।उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलमा अन्दाजी २ लाख रुपैया बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति अन्दाजी १/२ बजे रातमा चोरहरुको समूहले सटरको ताल्चा फोडेर चोरी गरेको पाईएको छ ।जीतपुरमा रहेको अन्य पसलमा चोरहरुको समूहले तोडफोडको प्रयास समेत गरेको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।पछिल्लो क्रममा बारामा प्रहरीको फितलो सुरक्षाको कारण चोरीको घटना बढ्दै गएको छ । जीतपुर बजार जीतपुरसिमरा उपमहानगरपालिकाको सदरमुकाम समेत हो तर प्रहरीको फितलो सुरक्षा व्यवस्थापनको कारण नै गए राति २ वटा पसलमा चोरी भएको स्थानियहरुले बताएको छ । पछिल्लो समय जीतपुरमा घर बाट समेत मोटरसाईकल चोरी लगाएतको घटना बढे पनि प्रहरीले चोरीको घटनालाई न्यूनीकरण गर्न सकेको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय