बारामा गोली हानेर भारतीय ‘सार्प सुटर’ पक्राउ

पछिल्लाे समाचार

११ पौष , बारा : प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ । भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मंगलबार राति आठ बजे विश्रामपुर गाँउपालिका-३ मा खुट्टामा गोली हानेर प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गर्न लाग्दा भागेपछि गोली प्रहार गर्नुपरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका साथबाट प्रहरीले एक थान पेस्तोल र २ राउण्ड गोलीसमेत बरामद गरेको छ ।

गएको कात्तिक दोस्रो साता सिंह सहितको समूहले बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या गरेको प्रहरीले जनाएको छ । यसका अतिरिक्त बारामा भएका अरू घटनामा पनि संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय