बाराको आदर्श कोतवालमा ४ सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

पछिल्लाे समाचार

अखिलेश कुमार यादव, ।१४ पौष ।बारा : बाराको आदर्श कोतवाल गाउँपालिका -५ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय टेढाकट्टीमा बेन्च नहुँदा भुइँमा बसेर विद्यार्थीहरु पढ्न बाध्य छन् । २०२२ सालमा स्थापना भएको सो विधालयको भौतिक संरचना निर्माण तर्फ सरोकारवाला पक्षको ध्यान नपुगेको कारण अहिले त्यहाँ अध्ययनरत करिब ४ सय बिद्यार्थीहरु सो भुइँमै बसेर पढ्न बाध्य भएका छन् ।

नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको भएपनि बाराको आदर्श कोतवाल गाउँपालिका –५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयमा अध्ययनरत विद्यार्थीहरु चिसो भुइँमै बसेर पढ्न बाध्य भएका छन् ।सो बिद्यालयमा अध्ययनरत करिब ४ सय बालबालिका विद्यालयमा टेबल र बेञ्च नभएपछि बालबालिका आ–आफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् र बिद्यालयमा आए पछि चिसो भुइँमै बसेर पढ्न बाध्य भएका छन् ।

आर्थिक अभाव, सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको लापर्बाहीका कारणले गर्दा बालबालिका अध्यारो छाप्रोमा चिसोमै भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको स्थानीय सर्वसाधारणको गुनासो रहेको छ । विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पँलेटी कसेर पढ्न बाध्य छन् । सो विद्यालयका प्रधानाध्यापक सारदा सिंहले बेन्च नहुँदा समस्या भएको दुखेसो पोखे । विद्यालयको अवस्थाका विषयमा गाउँपालिकाका शिक्षा शाखासहित गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह र प्रमुख प्रशासकीय अधिकृत नथु सहनीलाई जानकारी दिएको तर कसैले गम्भीररुपमा नलिएको विधालयका प्रअ सिंहको गुनासो छ ।

यता आदर्श कोतवाल गाउँपालिका -५ का वडा अध्यक्ष रुपेश नारायण सिंहले उक्त बिद्यालयका लागि नयाँ ४ कोठे भवन निर्माण भईसकेको र सो भवनमै बिद्यार्थीहरुक लागि बेञ्च डेस्क राखिएको र यो बर्षमा जसरि भए पनि आफुहरु मिलेर उक्त बिद्यालयलाई नयाँ भवनमा सार्ने बताए ।त्यस्तै उनले ५ नम्बर वडामा ३ वटा बिद्यालय भएको तर गाउँपालिकाले ५ नम्बर वडाको बिकाशको लागि मात्र ५० लाख रुपैयाँ बजेट ब्नियोजन गरेको कारण आफुहरुलाई बिद्यालयको शैक्षिक अवस्था सुधार गर्नमा समस्या भएको बताए ।

विद्यालयमा विशेषगरी विपन्न र दलित समुदायका बालबालिका पढ्छन् । संरचना अभावमा उनीहरू बोरा ओछ्याएर पढ्न बाध्य छन् ।१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ ।विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय