रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिदाँ २ जना भारतीय नगरिकको मृत्यु

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।१७ पौष । रौतहट : रौतहटमा सवारी दुर्घटनामा परि २ जना भारतीय नागरिकको मृत्यु भएको छ । चन्द्रपुर-५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह चौक नजिकै दुर्घटना हुदाँ अटोमा सवार रहेका २ जना भारतीय नागरिकको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

अमलेखगंज बाट सर्लाही तर्फ जादै गरेको प्रदेश -२-०३-००१ ख १९२७ नम्बरको ट्यांकरले ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा अटोमा सवार भारतको सीतामढी जिल्ला दुमरी बस्ने ३५ बर्षिय पिन्कु सिंह र सोहि ठाउँ बस्ने २२ वर्षीय अवधेश झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ट्यांकरले ठक्कर दिए पछि घाईते दुवै जनालाई ठप्प उपचारको लागि बिरगंज लगिएको र उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जना नयाँ बर्ष मनाउन नुन्थर आएका थिए र पिकनिक मनाएर चंद्रपुर तिर आउदै गरेको बेला ट्यांकरले ठक्कर दिएको रौतहट प्रहरीका प्रमुख महेन्द्र श्रेष्ठले बताउनु भयो । दुर्घटनामा परेर टेम्पो चालक भुपेन्द्र सहनी घाईते भएको छ भने प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएर ठप्प अनुसन्धान गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय