जीतपुरसिमरा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

पछिल्लाे समाचार

१३ माघ ,बारा । जीतपुरसिमरा उपमहानगरपालिका द्वारा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल , प्रमुख अतिथी बारा क्षेत्र न ४ का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी,नगर उपप्रमुख भोला अधिकारी वडा न १४ कि वडा अध्यक्ष चयन गुरुङ्ग, विभिन्न राजनितिक दलका नेता, शिक्षा समितिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

अतिथीहरुलाई प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको तर्फबाट जनता माध्यमिक बिद्यालय रजघट्टाका प्रधानध्यापक तथा कार्यक्रम संयोजक राजु अधिकारीले आभार व्यक्त गरेका थिए । विजयी विद्यालय तथा खेलाडीलाई सहभागी अतिथिहरुले आगमी खेल जीवन सफलताको शुभकामना दिए । प्रतियागिता जनता माविमा भएको थियो ।

पर्तियोगिता माघ १० गते देखि सुरु भएको थियो भने प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री तथा संघीय सांसद ज्वाला कुमारी साहले गरेकी थिईन । विभिन्न विधामा विजयी भएका खेलाडीलाई अतिथीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राष्ट्रिय बिभुती शिक्षा सामुदायिक सदन प्रथम भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय