आम जनता पार्टीलाई रौतहटमा ठूलो झटका,कुन्दन कुशवाहा पुनःएमाले प्रवेश

पछिल्लाे समाचार

१० फाल्गुन ,काठमाडौं ।आम जनता पार्टीका उप-महासचिव कुन्दन कुशवाह पुनः एमाले पार्टी प्रवेश गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई केही बेर राेकेर आयाेजित पार्टी प्रवेश कार्यक्रममा कुशवाहा लगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाह सँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले प्रवेश गरेका हुन्।

केही दिनअघि मात्र आम जनता पार्टीको केन्द्रीय उपमहासचिव पदमा निर्वाचित कुशवाहा यसअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहेका थिए। गत प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका प्रभु साहसहित पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साह, कुन्दन कुशवाह लगाएतले केपी शर्मा ओलिलाई गद्दार भन्दै एमालेलाई चुनावको मुखमा धोका दिएर स्वतन्त्र उमेदवारी दिएका थिए ।कुशवाहा एमाले प्रवेश गरे संगै रौतहटमा आमजनता पार्टीलाई ठूलो झट्का लागेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय