जीतपुरमा एकै दिन २ वटा योजनाको शिलान्याश

पछिल्लाे समाचार

१० फाल्गुन,बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा एकै दिन दुई वटा योजनाको शिलान्यास गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ की वडा सदस्य सित उप्रेतीले बिहिवार नाला निर्माण र सडक ढलानको शिलान्याश गरेकी हुन । वडा न ७ जीतपुरको शान्ति टोलमा १० लाखको लागतमा निर्माण हुन लागेको सडक ढलान र एमाले टोलमा १० लाखको लागतमा निर्माण हुन लागेको नालाको बिहिवार विधिवत रुपमा शिलान्याश गरिएको छ ।शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष सुनिल कुमार गुप्ताले नाला निर्माणसंगै सडक निर्माण कार्यले गाउँको भौतिक स्वरुपनै परिवर्तन हुने बताउदै आफुले जनताको सेवासंगै विकास निर्माण कार्यलाई मुख्य प्रथामिकता दिएको बताए । उनले आफ्नो वडामा रहेका गाउँटोलका नाला तथा सडक निर्माणहरुलाई विकास कार्यको प्राथमिकतामा राखेर अगाडि बढको बताउनु भयो ।सडक निर्माण पश्चात अन्य कुराहरुको विकास स्वयम हुने भएकाले सडक तथा नालाको शिलान्यास गरिएको उनले बताए ।उक्त सडक तथा नाला शिलान्याश कार्यक्रमा वडाअध्यक्ष सुनिल कुमार गुप्ता, वडा सदस्य नुरुल होदा,नबिन मैनाली,ललिता देवी पासवान र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय