तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिको आन्दोलन दोश्रो दिन पनि जारि

पछिल्लाे समाचार

११ फाल्गुन, बारा : सरकारले सडक बनेको तिन वर्ष बितिसक्दा पनि बाराका तामागढी–सिमरौनगढ सडक खण्डको मुआब्जा वितरण नगर्दा उक्त सडक खण्डमा जग्गा परेका स्थानियहरुले बिहिबार बाट सुरु गरेको आन्दोलन शुक्रबार पनि जारी छ । तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले निजगढमा शुक्रबार पनि बिरोध प्रदर्शन गरेका छन् ।

सरकारले निर्धारण गरेको मुआब्जा रकमसरकारलाई पटकपटक अनुरोध गर्दा समेत रकम पाउन नसकेका उनीहरुको कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा बिहिबार बाट आन्दोलन र रिले अन्सन सुरु गरीएको थियो ।
सरकारको ध्यानाकर्षण गराउँदै चरणबद्धरुपमा संघर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ संघर्ष समितिले बिहीबार तामागढीमा सडक अवरुद्ध पारेका थिए । सडक अवरुद्ध पारेका उनीहरुले माग पुरा नभए सम्म अनिश्चितकालिन रिले अनसन समेत सुरु गरेका छन ।

संघीय सरकारअन्तर्गत हुलाकीमार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बाँया बाट १५÷१५ मिटर अधिग्रहण गरिएको थियो ।३९.७५ किलो मिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सिमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्वपूर्ण सडक हो । साविकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका रआदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ ।

नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सडकखण्डको निर्माण २०७७ चैत १९ हाते सम्पन्न भएको थियो । सडक खण्डको कोल्हबी नगरपालिकाको पूर्वनगरप्रमुख भरतबहादुर भण्डारी र हुलाकी आयोजनाको निवर्तमान प्रमुख दरोगा साहले संयुक्त रूपमा उद्घाटन गरेका थिए । सरकारले निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनिहरु आन्दोलित भएका हुन् । मुआब्जा पिडितहरुले यो भन्दा पहिला कोल्हवी र सिमरौनगढमा बिरोध प्रदर्शन गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय