रुस–युक्रेन युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाज बारा द्वारा प्रदर्शन

पछिल्लाे समाचार

११ फाल्गुन बारा : रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।शुक्रबार मानव अधिकार तथा शान्ति समाज शाखा बाराले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न माग गर्दै सिमरा स्थित ईलाका प्रशासन कार्यालयको अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी मानव अधिकार कर्मीहरुले युक्रेनमाथि अतिक्रमण बन्द गर्, तत्काल सैनिक फिर्ता गर, शान्ति प्रवद्र्धनमा जोड दिऔँ, युद्ध रोकौँ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए ।मानव अधिकार तथा शान्ति समाज बाराका सभापति लक्ष्मण साहलेको नेतृत्वमा इलाका प्रशासन कार्यालय सिमरा अगाडी आधा घण्टा प्रदर्शन गरिएकाे बताइएकाे छ ।

सन् २०२२ को फेबु्रअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पुग्दा पनि हालसम्म जारी युद्धमा कैयन नेपालीहरू पनि मारिएकोमा बारा शाखाले पनि शुक्रबार विरोधसहित प्रदर्शन गरेको हो।समाजले रुसी सेनामा भर्ती भएका एक दर्जन बढी नेपालीहरु युद्धमा मारिएको, केही युक्रेनको कब्जामा रहेको र एक सयभन्दा बढी नेपालीहरु वेपत्ता रहेको र सयौको संख्यामा रुसी सेनामा नेपालीहरु भर्ती भएको हुँदा उनीहरुको रक्षा र तत्काल युद्ध रोक्न भन्दै प्रदर्शन गरेको हो।युक्रेनमाथिको आक्रमण बन्द गर्न र युद्धको कहालीलाग्दो सिलसिला तत्काल अन्त्य गर्न साथै नेपालीहरुलाई विभिन्न प्रलोभन दिएर रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न रुसलाई आग्रह गर्दै समाजका बाराका शाखा सभापति लक्ष्मण साहको नेतृत्त्वमा सिमरामा विरोध प्रदर्शन गरिएको हो।पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी बिरोध भइरहेको छ ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता बोलाएका छन् । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकासहितका पश्चिमा देशहरुले रुसको भूमिकाप्रति आपत्ति जनाउँदै आएका छन् ।उक्त बिरोध कार्यक्रममा शाखा सभापति लक्ष्मण साह ,केकास सदस्य मिरा देवि अधिकारी, पूर्व केकास सदस्य क्षेमा देवि अधिकारी,पुर्व शाखा सभापति रघु लामिछाने सहित शाखा सचिव निराजन थापा,कोषाध्यक्ष पदम प्रसाद रिजाल ,सदस्य डम्बर मणि थेबे लिम्बु तथा अन्य आजिवन सदस्य ज्युहरुको उपस्थिती रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय